site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एकीकृत समाजवादीको सचिवालय बैठक सुरु 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को ७०औँ  सचिवालय बैठक सुरु भएको छ । बैठक सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको हो । 

आज र भोलि बस्ने बैठकमा विद्यमान संशोधनसम्बन्धी छलफल हुने कार्यसूची छ । उपाध्यक्ष डा. बेदुराम भुसाल, महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वाला तीन नेताले विधान मस्यौदा बैठकमा प्रस्तुत गर्नेछन् । 

त्यस्तै, बैठकमा राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उमेदवार बनाउने, मापदण्ड तय गर्ने तयारी रहेको नेताहरूले बताएका छन् ।

सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्यप्रगतिको समीक्षा गरिने र सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १४:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro