site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमाले सरकारबाट हटेपछि अशान्ति बढ्यो : ओली
तस्बिर : केपी ओलीको सचिवालय ।

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको एकल बहुमत आए मात्र देश समृद्ध हुने जिकिर गरेका छन् ।

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्पयात्राका क्रममा शनिबार फिदिममा आयोजित बृहत् आमसभामा उनले एमालेको एकल बहुमतले मात्र राष्ट्रिय स्वाभिमान र समृद्धि आउने बताए ।

एमाले सधैँ राष्ट्रियताको रक्षाको पक्षमा रहेको उनले बताए । जनताको मनोबल माथि उठाउन र विश्वास बढाउन समृद्धिका लागि संकल्पयात्रा सुरु गरेको उनको भनाइ छ ।

एमाले सरकारबाट हटेपछि देशमा अस्थिरता, अराजकता र अशान्ति बढेर गएको उनले बताए । एमाले फुटाउन र सिध्याउन प्रयास गरिएको भए पनि त्यसलाई चिर्दै देशको पहिलो राजनीतिक शक्ति बनेको उनले स्मरण गरे ।

उनले एमालेको एउटै उद्देश्य र गन्तव्य देशको हित भएको बताए । आर्थिक हिसाबले देशमा उत्पादन घटेको, युवा विदेश पलायनको दर बढेको र युवालाई सरकारले देशमा बस्ने आधार नै दिन नसकेको उनको टिप्पणी छ । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०  १७:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro