site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
शेखर कोइरालाको चिन्ता– भ्रष्टाचारको विषयमा विदेशीले पनि सोध्न थाले, के जवाफ दिने ?

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा बढेको भ्रष्टाचार देखेर विदेशीसमेत अचम्मित हुन थालेको बताएका छन् ।

कांग्रेस धनपालथान गाउँपालिकाले मोरङको ललियामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले विदेशीले भेटमा नेपालको भ्रष्टाचारको बारेमा सोध्ने गरेको आफूलाई के जवाफ दिने भन्ने द्विविधा हुने गरेको बताए ।

“आज भोलि हरेक विदेशी भेट्दा किन तिम्रो देशमा हरेक कुरामा भ्रष्टाचार हुन्छ भनेर सोध्छन् । के जवाफ दिने ?,” कोइरालाले भने ।

कोइरालाले मुलुक भ्रष्टाचारमा चुर्लुम्म डुबेको भन्दै विदेशीका अगाडि शिर झुकाएर हिँड्नुपर्ने अवस्था सिर्जना भएको बताए । 

आफू भ्रष्टाचारमुक्त समाज निर्माणमा कति पनि नडगमगाउने उनको भनाइ छ । भ्रष्टाचारको अन्त्य नभएसम्म जति भाषण गरे पनि देश विकास नहुने कोइरालाको तर्क छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १८:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro