site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रियसभा निर्वाचनका लागि १२ दलले दिए दर्ताको निवेदन 

काठमाडौं । आगामी माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि १२ दलले दर्ताको निवेदन दिएका छन् । दल दर्ताको अन्तिम दिन शुक्रबारसम्ममा १२ दलले निवेदन दिएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

जसमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजतान्त्र पार्टी (राप्रपा) छन् । 

त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसापा), नागरिक उन्मुक्ति, राष्ट्रिय जनमोर्चा (राजमो), नेपाल मजदुर किसान पार्टी (नेमकिपा) छन् । 

आयोगले दर्ताका लागि मंसिर २४ गतेदेखि आज (शुक्रबार)समम्मको समय तोकेको थियो । सो अवधिमा दलहरूले निर्वाचनमा भाग लिन निवेदन दिएका हुन् । 

माघ ११ गते १९ पदका लागि निर्वाचन हुँदैछ । फागुन २० गतेबाट २० पद रिक्त हुने भए पनि एकजना राष्ट्रपतिले मनोनयन गर्नेछन् ।

दल दर्तापछि पुस १ गते दललाई चुनाव चिह्न दिने र पुस ४ गते दर्ताको सूची राजपत्रमा प्रकाशनका लागि पठाइने आयोगको कार्यतालिकामा उल्लेख छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १७:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro