site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सांसदहरूको प्रश्नमा यस्तो छ प्रस्तावित न्यायाधीश सुवेदीको जवाफ

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश सारंगा सुवेदीले मुद्दा हार्ने पक्षले अदालत प्रभावित भयो भन्ने गरेको बताएकी छन् । 

शुक्रबारको सुनुवाइ समिति बैठकमा उनले सांसदका प्रश्नको जवाफ दिँदै त्यस्तो बताइन् । 

“सात हजार मुद्दा फछर्यौट गरेको छु । मुद्दामा एउटा पक्षले हार्छन् । ५० प्रतिशत मान्छे असन्तुष्ट हुन्छन् । यसले गर्दा अदालत प्रभावित भयो भनिन्छ । हाम्रो कमीकमजोरी छैन भन्ने होइन,” उनले भनिन् । 

समयसीमा भित्रमा मुद्दा टुंग्याउन कार्ययोजना बनाएको उनको भनाइ छ । “हतार गरेर न्याय हुँदैन । संयमता अपनाउन पर्छ । मुद्दाले समय माग्छ,” उनले भनिन् । उनले न्याय महंगो भयो भन्ने प्रश्नमा उनले लामो समय लाग्दा मुद्दा महंगो हुने बताइन् । उनले ३३ किलो सुन प्रकरणको फैसला नभइ आदेश भएको बताइन् ।

“मैले गरेको फैसला होइन आदेश हो । त्यसमा धेरै प्रतिवादी थिए । जसमा दुईजनाको मैले आदेश गरेको थिए । त्यसलाई सर्वोच्चले सदर गर्‍यो,” सुवेदीले भनिन् । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १५:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro