site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस कार्यसम्पादन अघि पदाधिकारी बैठक 
फाइल तस्बिर

काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक अगाडि पदाधिकारी बैठक सुरु भएको छ । 

केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु हुनुभन्दा अगाडि पदाधिकारीको बैठक बसेको हो । सभापति शेरबहादुर देउवाको कार्यकक्षमा बैठक बसिरहेको छ । 

उक्त बैठकपछि केन्द्रीय कार्यसम्पादन समिति सुरु हुनेछ । आजको बैठकमा महासमिति बैठकको तयारी, जाजरकोट भूकम्प तथा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । 

बैठकले आउँदो पुस १६ देखि १९ गतेसम्म हुने भनिएको पार्टीको महासमिति बैठक सार्ने निर्णय गर्नसक्ने स्रोतले जानकारी दिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १३:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro