site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गगन थापा भन्छन्– शेखरलाई संसदीय दलको नेता नबनाए ०८२ मा महाधिवेशन हुँदैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जतिसक्दो छिटो नेता शेखर कोइरालाई संसदीय दलको नेता बनाउनुपर्ने बताएका छन् । आज बसेको संस्थापनइतरको बैठकमा उनले कोइरालालाई दलको नेता नबनाए ०८२ मा महाधिवेशन हुनै नसक्ने जिकिर गरे । 

“संसदीय दलको नेता फेर्नुपर्छ । संसदीय दलको नेता नफेरेसम्म ०८२ मा महाधिवेशन हुँदैन । शेखर कोइरालाई नै संसदीय दलको नेता बनाउनेतिर लागौँ,” उनको भनाइ उद्धृत गर्दै एक नेताले भने ।

त्यसैले अब जतिसक्दो छिटो शेखर कोइरालालाई संसदीय दलको नेता बनाउनतिर लाग्नुपर्ने उनको भनाइ छ । उनले आफू समूहमा बफादार रहेको पनि बताएका छन् । 

“समूहप्रति पूर्ण बफादार छु र शेखर दाइलाई नेता मान्ने र बनाउने कुरामा म जस्तो त्याग गर्न तयार छु,” उनले बैठकमा भनेका छन्, “म र शेखर दाइको बीचमा कुनै मनमुटाव छैन भनेर कति भन्ने ? साथीहरूले धेरै खेल्दिनुभएन ।”

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १६:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro