site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गगनसँग एजेन्डामा मतभेद छैन, काम गर्ने शैलीमा फरक परेको हो : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षको बैठक सकिएको छ । सभापति शेरबहादुर देउवालाई विधानको पालना गर्दै अघि बढ्न दबाब बढाउने निष्कर्षसहित बैठक सकिएको हो ।

बैठकमा सामूहिक निर्णयमार्फत सभापति देउवालाई ठिक बाटोमा हिँडाउने र महासमितिसहित महाधिवेशन समयमा गर्न लागि पर्ने निर्णय भए पनि धेरै समय नेता शेखर कोइराला र गगन थापाको सम्बन्धनको विषयले लियो । 

त्यही विषयमा मिडियाले चासो राखेपछि नेता कोइरालाले आफूहरूबीच मुद्दामा मतभेद नरहेको तर कार्यशैलीमा भने फरक रहेको स्वीकार गरे ।

“एजेन्डामा महामन्त्री र मेराबीच केही पनि फरक छैन,” कोइरालाले भने, “गगनजीको र मेरो उमेरमा फरक छ । यसकारण स्टाइल अफ फङ्सनिङ फरक पर्छ, त्यो स्वाभाविक हो ।” त्यसबाहेका कुनै समस्या नरहेको जिकिर उनले गरे ।

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १६:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro