site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
आलोचना गर्दा गणतन्त्र नै नाश हुन थाल्यो भन्ने मानसिकता सत्ताधारीमा छ : रिजाल
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले वर्तमान सत्ताधारीमा आलोचना गर्दा गणतन्त्र नै नाश हुन थाल्यो भन्ने मानसिकता रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

कसैले कसैको आलोचना गर्दा गणतन्त्र नै नाश हुन थाल्यो भन्ने मानसिकताबाट व्यवस्था नजोगिने उनले टिप्पणी गरे । गणतन्त्र सबैको साझा भएकाले जिम्मा कुनै एउटा संस्थाले लिनुपर्ने आवश्यकता नरहेको उनले बताए ।

“मलाई कसैले आलोचना गर्दा गणतन्त्र नै नाश हुन थाल्यो भनेर त्यसलाई ठोक्नुपर्छ भन्ने मानसिकता जुन सत्ताधारीको छ, त्यस्तो मानसिकताबाट गणतन्त्र जोगिँदैन । त्यसरी गणतन्त्र आएको होइन,” उनले भने, “जनताको विचारलाई आमसञ्चारको रूपमा प्रचार गरेमात्रै गणतन्त्रको रक्षा हुन्छ । गणतन्त्रको जिम्मा कुनै एउटा संस्थाले लिनु पर्दैन । गणतन्त्र सबैका बीचको एउटा आमचिज हो ।”

बोल्ने शब्द नभेटिएपछि गणतन्त्र जोगाउन भन्ने परिपाटी राम्रो नभएको उनले बताए । “गणतन्त्रको सुदृढीकरण भन्नुभयो, नेपालमा निर्दलीय पञ्चायती व्यवस्था कसरी आयो भन्दा नेपालको सार्वभौमसत्ता रक्षा गर्नका लागि हो । दलहरू विदेशीका दलाल भए भनेर हो,” उनले भने, “म पनि सत्ताको सबैभन्दा ठूलो दलको मान्छे हो । प्रभाव मात्रै पो कम भएको त । हामीले ठोक्नुपर्‍यो भने गठबन्धनले ठोक्ने के भन्दा अरू उपाय छैन । गणतन्त्र जोगाउन भनेर हानिहाल्ने हाम्रो प्रवृत्ति भएको छ, त्यो कदाचित राम्रो होइन ।”

उनले थपे, “म सुरुमा गणतन्त्रवादी होइन । विचारले गणतन्त्रवादी तर नेपाल गणतन्त्रको लागि तयार छैन भन्ने लाग्थ्यो । कुन विन्दुसम्म भन्दा १२ बुँदे समझदारी हुँदासम्म । हामीले निरंकुश राजतन्त्रको अन्त्य भनेर लेख्दाखेरि मन्त्रीज्यूहरू राजतन्त्रको र हामी निरंकुशताको अन्त्यवाला हो । त्यति बेलासम्म पनि हामी निरंकुशताको मात्रै अन्त्य गरे पुग्छ भन्ने थियो । बाहिर घुम्न थालेपछि अब नेपाल, गणतन्त्रका लागि नेपाल तयार भएको बुझेको थिएँ ।”

नेता रिजालले आफू २०६२/०६३ सम्म पनि राजतन्त्र अन्त्यको पक्षमा नभएर निरंकुशता अन्त्यको पक्षमा रहेको बताए ।

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १६:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro