site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सर्वोच्चका प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ मंसिर २९ देखि

काठमाढौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइ यही मंसिर २९ गतेदेखि हुने भएको छ । संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिने व्यक्तिहरूसँग छलफलपछि २९ गतेका निम्ति सो समय तोकेको हो ।

“प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ आगामी २९ गतेबाट सुरु हुनेछ,” समितिका सचिव समेत रहेका प्रतिनिधिसभाका सचिव पदमप्रसाद पाण्डेयले बाह्रखरीसँग भने, “२९ गते दुईजनाको हुनेछ । त्यसपछि क्रमैसँग समितिले सुनुवाइ गर्नेछ ।”

प्रस्तावित ६ न्यायाधीशविरुद्ध १० जनाले उजुरी दिएका थिए । आइतबार समितिको बैठकमा उजुरीकर्तासँग छलफल गरिएको उनले बताए ।

मंसिर ५ गते बसेको न्याय परिषद्को बैठकबाट सर्वोच्चको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौड्याल, टेकप्रसाद ढुंगाना, सुनील पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरिएको थियो । संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएमा उनीहरूको नियुक्ति हुनेछ ।

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १७:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro