site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पोर्चुगलका निम्ति प्रस्तावित राजदूत र सर्वोच्चका प्रस्तावित न्यायाधीशविरुद्ध ११ उजुरी
फाइल तस्बिर ।

काठमाडौं । पोर्चुगलका निम्ति प्रस्तावित आवासीय राजदूत र सर्वोच्च अदालतका निम्ति सिफारिस ६ न्यायाधीशविरुद्ध ११ उजुरी परेको छ । संसदीय सुनुवाइ समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा यस्तो जानकारी गराइएको हो ।

पोर्चुगलका निम्ति प्रस्तावित राजदूत सनिल नेपाल र सर्वोच्चको न्यायाधीश पदका निम्ति प्रस्तावित सारंगा सुवेदी, अब्दुल अजीज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालविरुद्ध ११ उजुरी परेको समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले जानकारी दिए ।

बैठकमा समितिका सदस्यहरूलाई सो उजुरी र प्रस्तावित राजदूत तथा प्रस्तावित न्यायाधीशहरूको कार्ययोजना अध्ययनका निम्ति वितरण गरिएको छ ।

यही मंसिर ९ गते समितिले पोर्चुगलका निम्ति प्रस्तावित राजदूत र प्रस्तावित ६ न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको थियो । समितिले प्रस्तावित राजदूत र प्रस्तावित न्यायाधीशहरूको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । समितिको अर्को बैठक भोलि दिउँसो २ बजे बस्ने गरी बोलाइएको छ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १३:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro