site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बालकृष्ण खाँणको थुनछेक आदेशविरुद्धको निवेदनमा मंसिर २८ गतेको पेसी 

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निवेदनमा उच्च अदालत पाटनले मंसिर २८ गतेको पेसी तोकेको छ ।

यसअघि यही मंसिर १५ गते थुनामा रहेका ६ जनालाई धरौटी र साधारण तारेखमा छोड्ने आदेश भएकोमा पूर्वगृहमन्त्री खाँणका विषयमा न्यायाधीशहरू जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएपछि तेस्रो न्यायाधीशको इजलासमा पठाउने निर्णय भएको थियो । 

उक्त निर्णयअनुसार एक न्यायाधीशको इजलासमा बहस हुनेगरी पेसी तोकिएको हो । आगामी मंसिर २८ गते हुने सुनुवाइपछि एकल इजलासले दिने आदेशले नै खाँण जेलमै रहने वा धरौटीमा रिहा हुने भन्ने निर्णय गर्नेछ । 

मंसिर १५ गतेको संयुक्त इजलासको आदेशमा न्यायाधीश पाण्डेले ३० लाख धरैटीमा रिहा हुने आदेश गरेका थिए भने अर्का न्यायाधीश खरेलले धुनामै राख्नुपर्ने आादेश राखेका थिए । त्यहीकारण आगामी मंसिर २८ गते तेस्रो न्यायाधीशको इजलासमा सुनुवाइ तोकिएको हो ।
 

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १६:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro