site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एकीकृत समाजवादीको महाधिवेशनको नयाँ मिति तोकिँदै

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ ।

बैठकमा पार्टी महाधिवेशनको नयाँ मिति तोक्नेबारे निर्णय हुने बताइएको छ । साथै, समसामयिक राजनीतिका बारेमा पनि छलफल गरिनेछ ।

गएको भदौमा बसेको एकीकृत समाजवादीको केन्द्रीय कमिटीको छैटौँ बैठकबाट आउँदो माघ १४ देखि १८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरिएको थियो । अब महाधिवेशनको नयाँ मिति तोक्न लागिएको हो ।

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  ०९:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro