site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
एआई च्याटबट बनाउने प्लेटफर्म ल्याउँदै टिकटकको मुख्य कम्पनी
तस्बिर : रोयटर्स ।

काठमाडौं । टिकटकको मुख्य कम्पनी बाइट डान्सले प्रयोगकर्ताले आफ्नै च्याटबट बनाउन सक्ने प्लेटफर्ममा काम गरिरहेको जनाएको छ ।

गत वर्ष च्याटजीपीटीको सुरुआतसँगै जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित च्याटबटको प्रतिस्पर्धा विश्वभर बढेको छ ।

प्रयोगकर्ताले चाहेअनुसारको च्याटबट बनाउन सक्ने ‘बट डेभलपमेन्ट प्लेटफर्म’ यसै महिनाको अन्त्यमा बेटा संस्करणमा सार्वजनिक गरिने बताइएको छ । बाइट डान्सले यसअघि नै टेक्स्ट–टु–इमेज जेनेरेटरमा पनि काम गरिरहेको जनाएको छ ।

चिनियाँ सर्च इन्जिन बाइडुले यसअघि नै च्याटजीपीटीजस्तै एर्नी च्याटबट ल्याएको थियो ।

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १५:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro