site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एकीकृत समाजवादीको बैठक जारी : महाधिवेशन मिति सार्ने तयारी 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसेको हो । 

जारी बैठकले पार्टीको केन्द्रीय महाधिवेशनको मिति हेरफेर गर्ने नेताहरू बताउँछन् । उक्त पार्टीको महाधिवेशन माघ १४ देखि १८ गतेसम्म गर्ने तय भएको थियो । तर, सो समयमा महाधिवेशन गर्न नसकिने निष्कर्षमा अधिकांश नेताहरू देखिन्छन् । 

पार्टीका उपमहासचिव गंगालाल तुलाधर महाधिवेशनको मिति सार्न नहुने बताउँछन् । “कुनै बहानामा महाधिवेशनको समय सार्नु हुँदैन,” उनी भन्छन् । 

त्यस्तै, आजको बैठकले नेताहरूको कार्यविभाजनका विषयमा रहेको विमति हल गर्ने सम्भावना छ । पार्टीको पछिल्लो अपानिले तरंग पैदा गरेको थियो ।
 

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १२:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro