site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रियसभा निर्वाचन : पुस २३ गते उमेदवारी दर्ता, यस्तो छ कार्यतालिका

काठमाडौंं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । आउँदो माघ ११ गते हुने १९ पदको निर्वाचन कार्यक्रम स्वीकृत गरिएको हो ।

कार्यतालिकाअनुसार पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन गरिनेछ । प्रकाशित मतदाता नामावलीउपर दाबी विरोधलगायत कार्य सोही दिनदेखि सुरु भएर पुस २२ गते सकाइनेछ । पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।

पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारको मनोनयन दर्ता गरिनेछ । पुस २७ गते उमेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान गरिनेछ । मतदान सकिएपछि सोही दिनै मतगणना गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद आर्यालले जानकारी दिए ।

निर्वाचन कार्यक्रम हेर्नोस्–

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १५:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro