site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
हुन्डाईको ‘अनबिटेबल एक्सचेन्ज’, पुरानो लगेर नयाँ गाडी मिल्ने

काठमाडौं । हुन्डाईले नेपालमा ‘अनबिटेबल एक्सचेन्ज’ अफर सार्वजनिक गरेको छ । हुन्डाई नेपालको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले मंसिर १४ गतेदेखि अफर सञ्चालनमा ल्याएको हो ।

यस योजनाअन्तर्गत कुनै पनि ब्रान्डको गाडी ल्याएर हुन्डाईको उत्कृष्ट, गुणस्तरीय र विश्वसनीय इन्धनयुक्त वा विद्युतीय गाडीसँग एक्सचेन्ज गर्न सकिने कम्पनीले जनाएको छ।

हुन्डाईले ग्राहकको आवश्यकता र सन्तुष्टिलाई ध्यानमा राख्दै देशभरका सोरुममा उपलब्ध हुनेगरी अफर ल्याएको बताएको छ ।

कम्पनीले पुरानो गाडीको ५० हजार थप मूल्यांकन र विद्युतीय गाडीको खरिद प्रोत्साहन स्वरुप थप ५० हजार रुपैयाँ प्राप्त हुने बताएको छ ।

गाडी खरिदमा ६ लाखसम्मको छुट र टेस्ट ड्राइभमा विशेष अफर रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १७:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro