site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेपालको सार्वभौमसत्ता जोगाउन भूराजनीतिक सन्तुलन कायम राख्नुपर्छ : सांसद जबरा
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद पशुपतिशमशेर जबराले नेपालको सार्वभौमसत्ता जोगाउन भूराजनीतिक सन्तुलन कायम राख्नुपर्ने बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।

उनले नेपालको सार्वभौमसत्ताको मूल आधार भूराजनीतिक सन्तुलन भएको उल्लेख गरे । “नेपालको सार्वभौमसत्ताको मूल आधार भूराजनीतिक सन्तुलन हो । नेपाल बचेको, नेपाल बढेको, नेपालले आफ्नो सार्वभौमसत्ता कायम राख्न सकेको मुख्य आधार के हो भने, भूराजनीतिक संवेदनशीलता हो,” उनले भने, “भूराजनीति सन्तुलन कसरी कायम राख्ने ? ऐतिहासिक रूपमा नेपालले यो भूमिका कसरी कायम गरेको छ ? पृथ्वीनारायण शाह, जंगबहादुर होस् चाहे बीपी कोइराला होस्, सम्पूर्ण मान्छेहरूले नेपालमा आफ्नो भूराजनीतिक असंग्नतामा कार्यकौशलता प्रदर्शन गरेर यो मुलुकको अस्तित्व जोगाएका छन् ।”

बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले जलवायु सम्मेलन (कोप–२८) मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राख्ने विषयवस्तु अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिलाई जानकारी नगराइएको भन्दै आपत्ति जनाए ।

उनले उत्तर कोरियाले नेपालस्थित राजदूतावास हटाएको विषयमा सरकारले जानकारी नगराएकामा पनि आपत्ति जनाए । नेपालस्थित दूतावास हटाइनु भनेको एउटा मित्रराष्ट्र घट्नु रहेको उनले उल्लेख गरे ।

सांसद सुवालले नेपालले नेपाली युवालाई ‘भाडाको सेना’ बनाउन नहुनेमा जोड दिए ।

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १५:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro