site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राजदूत तामाङलाई मोजाम्बिक र सुवेदीलाई इटालीको पनि जिम्मेवारी
राष्ट्रपतिको कार्यालय शीतलनिवास । फाइल तस्बिर ।

काठमाडौं । दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूत दानबहादुर तामाङलाई गणतन्त्र मोजाम्बिकका निम्ति गैरआवासीय नेपाली राजदूतको जिम्मेवारी दिइएको छ ।

यस्तै, स्वीट्जरल्यन्डका लागि नेपालका आवासीय राजदूत रामप्रसाद सुवेदीलाई इटालीका निम्ति गैरआवासीय नेपाली राजदूत तोकिएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले राजदूत तामाङ र सुवेदीलाई सो पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १३:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro