site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रास्वपाले बनायो १२ सदस्यीय सचिवालय, यी हुन् पदाधिकारी 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १२ सदस्यीय सचिवालय बनाएको छ । सभापति रवि लामिछानेको नेतृत्वमा बनेको सचिवालयमा थपिएकासहित सबै पदाधिकारी राखिएको छ ।

रास्वपाले स्वर्णिम वाग्लेलाई उपसभापति, सुमना श्रेष्ठ र विपिन आचार्यलाई सहमहामन्त्री बनाएको छ । कोषाध्यक्षमा लिमा अधिकारी र सहकोषध्यक्षमा दीपक बोहोरालाई थप गरिएको छ ।

सचिवालयमा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ र प्रमुख सचेतक सन्तोष परियारलाई पनि समेटिएको छ । 

यस्तो छ रास्वपाको सचिवालय 

१. सभापति – रवि लामिछाने
२. उपसभापति – डीपी अर्याल
३. उपसभापति – डा. स्वर्णिम वाग्ले
४. महामन्त्री – डा. मुकुल ढकाल 
५. सहमहामन्त्री – कबिन्द्र बुर्लाकोटी
६. सहमहामन्त्री – सुमना श्रेष्ठ
७. सहमहामन्त्री – विपिन आचार्य
८. संसदीय दलको उपनेता – विराजभक्त श्रेष्ठ
९. प्रमुख सचेतक – सन्तोष परियार 
१०. कोषाध्यक्ष – लिमा अधिकारी
११. सहकोषाध्यक्ष – बसु माया तामाङ
१२. सहकोषाध्यक्ष – दीपक बोहोरा

थपिए पाँच केन्द्रीय सदस्य

रास्वपाले केन्द्रीय समितिमा पाँचजनालाई मनोनित गरेको छ । पूर्वबैंकर अनिल केशरी शाहसहित पाँचजनालाई केन्द्रीय समितिमा मनोनीत गरिएको हो ।

शाहसँगै चितवनका राजन गौतम, महोत्तरीका डा. नन्दन यादव, विवेकशील पार्टीका पुकार बम र कामिनी चौधरी पनि केन्द्रीय सदस्य बनेका हुन् ।

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १८:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro