site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
निर्वाचनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन मंसिर २०–२१ मा

काठमाडौं । निर्वाचनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मंसिर २० र २१ गते सम्मेलन गर्न लागिएको हो ।

एसिया तथा प्रशान्त क्षेत्रका ४० देशका निर्वाचन व्यवस्थापन गर्ने निकायका प्रमुख तथा प्रतिनिधिहरू, नागरिक समाज र निर्वाचनका विभिन्न आयामहरूमा क्रियाशिल गैरनाफामुलक तथा प्राज्ञिक संघसंस्थाका २०० जनाभन्दा बढी प्रतिनिधिहरू सहभागी हुनेछन् ।

सो सम्मेलनको उद्घाटन उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गर्नेछन् ।  

सो सम्मेलनमा नेपाललगायत अन्य मुलुकहरूका विज्ञ व्यक्तिहरूबाट सात वटा विषयहरूमा केन्द्रित रही २१ वटा कार्यपत्र प्रस्तुत गरिने पौडेलले जानकारी दिए ।

 

 

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १७:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro