site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच गौशालामा झडप, अश्रुग्यास प्रहार

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच सोमबार काठमाडौंको गौशालामा झडप भएको छ ।

प्रदर्शनकारीले सडक अवरुद्ध गरेर सभा आयोजना गरेका थिए । सडकबाट प्रदर्शनकारीलाई हटाउन खोज्दा प्रहरीमाथि ढुंगा प्रहार गरिएपछि झडप भएको हो । सभामा प्रसाईं समेत पुगेका थिए ।

प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले केही सेल अश्रुग्यास समेत प्रहार गरेको छ । प्रदर्शनमा उत्रिएका धर्मगुरु आचार्य श्रीनिवाससहित १० भन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सभामा श्रीनिवासलगायत प्रदर्शनकारीले आन्दोलन चर्काउनुपर्ने भन्दै उत्तेजक भाषण गरेका थिए ।

यही मंसिर ७ गतेदेखि प्रसाईं काठमाडौंकेन्द्रित आन्दोलनमा उत्रिएका छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १६:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro