site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
वेबसाइट सार्वजनिक गर्दै प्रचण्डले भने– ऋण खोजेर भए पनि प्रचारमा खर्च बढाऔँ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले गरेको राम्रो कामको प्रचार गर्न पार्टीका संगठन तयार नभएको बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको वेबसाइट सार्वजनिक गर्दै उनले राम्रो कामलाई राम्रो भन्न आग्रह गरे ।

“राम्रो कुरालाई राम्रो भन्न हाम्रै संगठन तयार भएको त्यति देखिँदैन । अरुले बरु धेरै राम्रो भयो भने बधाइ दिन्छन्,” उनले भने ।

उनले राम्रा कामप्रति गर्व गर्दै जनतामा लैजाने बताए । “हामी आफैँले भाग्य र भविष्य निर्माण गर्ने हो । आफूले गरेको कामलाई गर्व गर्ने र जनतामा पुर्‍याउने हो,” उनले भने ।

उनले आइटीको सदुपयोग गरिने बताए । अन्यत्र हुने खर्च घटाएर प्रचारमा खर्च बढाउन आफूले प्रचार विभागका प्रमुख अग्नि सापकोटालाई निर्देशन दिएको पनि बताए ।

“आइटीको सदुपयोग गर्ने । मैले अग्निजीलाई भनेको छु । टिमका साथीहरूलाई कति पैसा चाहिने हो बरु ऋण खोजेर भए पनि गरौं । अन्त बरु खर्च घटाइदिऔं । प्रचारमा खर्च बढाइदिऔँ भन्ने गरेको छु,” उनले भने ।

सामाजिक सञ्जालबाट हिरोलाई भिलेन र भिलेनलाई हिरो बनाउन प्रयोग भइरहेको उनको भनाइ छ । तर, इतिहासका नायक जनता नै भएको उनले बताए । साथै, उनले आफू लड्न नछाड्ने पनि बताए ।

“लड्न म चाहिँ छाड्दिन । लड्न छाड्छ कि प्रचण्डले भन्ने ठान्न पर्दैन । जारी राख्छु । सच्चाइ हाम्रो पक्षमा भएकाले जित हाम्रै हुन्छ,” प्रधानमन्त्रीले भने ।

उनले एक हप्ताभित्र सुकुम्वासी समस्या समाधान गर्न ऐन संशोधन गर्ने निर्णय भएको पनि जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १६:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro