site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अराजकता अन्त्यका लागि समाजवादी मोर्चा र सत्ता गठबन्धनबीच सहकार्य जरुरी : अध्यक्ष नेपाल
फाइल तस्बिर।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान समयमा देखिएका अराजकताको अन्त्य गर्न समाजवादी मोर्चा र सत्ता गठबन्धनबीच सहकार्य हुनुपर्ने बताएका छन् ।

पार्टीको वाग्मती प्रदेश कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रम अध्यक्ष नेपालले मुलुकमा अहिले अतिवादी कुरा गरेर अराजकता मच्चाउन खोज्नेबाट देखिएका भ्रम न्यूनीकरण गर्न मोर्चा र गठबन्धनकाबीच समन्वय गरी जनतालाई यथार्थ विषय बताउन सभा, सम्मेलन गर्नुपर्ने बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले बैंकबाट लिएको ऋण तिर्नु पर्दैन भन्ने विचार फैलाएर जनताको भावनामाथि खेलिरहेका समूहबाट सचेत रहन आग्रह गरे । गणतन्त्रविरुद्ध प्रतिगामी शक्ति अहिले परिचालित रहेको बताउँदै उनले भने, “म जनतालाई अनुरोध गर्न चाहन्छु, हामीले सत्य कुरा भुलेर भिडको पछि लाग्नु हुँदैन ।”

पीडितको मुद्दा उठाउने बहानामा आफ्नो राजनीतिक अभिष्ट पूरा गर्ने समूहलाई राज्यले नियन्त्रण गर्नुपर्ने बताउँदै उनले भने, “बैंकबाट ऋण लिएका मान्छेलाई ऋण तिर्नु पर्दैन भन्दै उनीहरूको भावनामाथि खेलिरहेका छन् । खास पीडित को हुन् ? कसरी उनीहरू पीडित भएका हुन्, त्यसको खोजी गर्नुपर्छ ।”

कार्यक्रममा अध्यक्ष नेपालले सहिदहरूको बलिदानी, जनताको कठोर सङ्घर्षबाट स्थापित गणतान्त्रिक व्यवस्थामाथि खतरा पैदा हुन थालेपछि त्यसको प्रतिकार गर्न तयार हुनुपर्ने विचार व्यक्त गरे । रासस

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  २१:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro