site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राजतन्त्र फर्काउने प्रयास मुर्खताबाहेक केही होइन : केपी ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताले फ्याकेको राजतन्त्र फर्काउने प्रयास मुर्खताबाहेक केही नभएको टिप्पणी गरेका छन् ।

शुक्रबार एमाले मुख्यालय च्यासलमा आयोजित राष्ट्रिय युवा संघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताले वाक्क दिक्क भएर १५ वर्षअघि फ्याकेको राजतन्त्र फर्काउने प्रयास मुर्खता भएको बताएका हुन् ।

राजनीतिक, वैचारिक र सैद्धान्तिकरूपमा कुनै हिसाबले पनि राजतन्त्र चेत नै नभएका मुर्खहरूले मात्रै मान्ने उनको भनाइ छ । ओलीले राजतन्त्रकै कारण तत्कालीन अवस्थामा शिक्षा, स्वास्थ्य, विकास, पूर्वाधार क्षेत्रमा विकास हुन नसकेको धारणा राखे ।

अहिले मरेको प्रेतका पछाडि केही व्यक्ति लागिपरेको अवस्थामा युवासंघले मात्रै परिवर्तनको पक्षमा आवाज उठाएको भन्दै उनले धन्यवाद दिए ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १६:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro