site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
अनमोल र जसिताको ‘फर्की फर्की’को शुभमुहूर्त 

काठमाडौं । अनमोल केसी र जसिता गुरुङको मुख्य भूमिका रहने चलचित्र ‘फर्की फर्की’ शुभमुहूर्त गरिएको छ । ललितपुरको बंगलामुखी मन्दिरमा आज बिहान शुभमुहूर्त गरिएको हो । 

आउँदो वर्षको जेठ ११ गतेका लागि रिलिज घोषणा गरिएको चलचित्र मंसिर ११ गतेबाट छायांकनमा जाँदै छ । पोखराबाट छायांकन सुरु हुने निर्माता रोहित अधिकारीले जानकारी दिए । 

ओम अग्रवालको पनि लगानी रहने चलचित्रलाई सुयोग गुरुङले निर्देशन गर्दै छन् । 

मनोज वली र रामु न्यौपाने सह–निर्माता रहेको चलचित्रमा कार्यकारी निर्माता अनिरुद्र गिरी छन् ।

चलचित्रमा अनमोल र जसितासँगै कृष्ण मल्ल, निर्मल शर्मा, विन्दा खतिवडा, अशिक गुरुङ, माओत्से गुरुङलगायत कलाकारको अभिनय छ । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  ११:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro