site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सात रुटबाट यसरी बल्खुमा भेला हुँदै छन् दुर्गा प्रसाईंका समर्थक
दुर्गा प्रसाईं । फाइल तस्बिर ।

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा आज काठमाडौंको बल्खुमा प्रदर्शन गरिँदै छ । बिहान साढे १० बजे प्रस्थान समय राखिएको प्रदर्शनमा विभिन्न सात रुटबाट बल्खु पुग्ने तय छ ।

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ नाम दिइएको आन्दोलनमा भक्तपुर क्षेत्रका निम्ति साँगा नाका छिर्ने खुला चौर, भक्तपुरको तीनकुने र परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा भेला भएर जाने तय गरेको छ ।

यस्तै, दोस्रो रुट भनिएको महाराजगन्ज र गोंगबु चोक, स्वयम्भू, कलंकी, पाटन, सातदोबाटो, कीर्तिपुर, चाबेल गरी सात रुटबाट ¥यालीसहित बल्खु पुग्ने गरी रुट सार्वजनिक गरिएको छ ।

नेकपा (एमाले)को युवा संगठन राष्ट्रिय युवा संघले पनि आजै काठमाडौंको तीनकुनेमा प्रदर्शनको आयोजना गरेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  ११:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro