site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रदीप पौडेल नेतृत्वको टोली अस्थायी आवास निर्माणमा जुटे

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल नेतृत्वको टोलीले भूकम्पबाट प्रभावित जाजरकोटमा अस्थायी आवास निर्माणको कार्य जारी राखेको छ । 

पार्टीको निर्णयअनुसार पौडेल नेतृत्वको टोलीले नलगाड नगरपालिका–५ स्थित रघुनाथ टोलमा मंगलबारदेखि अस्थायी आवास निर्माणको काम थालेको हो । 

निर्माण कार्यमा रहेका पार्टी महासमिति सदस्य सुशिल भट्टका अनुसार टोलीले करिब १०० स्थानीयको अस्थायी आवास निर्माण गर्नेछ । काठमाडौं क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य पौडेलसहितको टोलीले नलगाड नरगपालिका ४ र ५ नम्बर वडामा खटिने र अस्थायी आवास निर्माण गर्ने भट्टले जानकारी दिए । 

सोमबार बिहान सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पार्टी पदाधिकारी बैठकले अस्थायी आवास बनाउन स्वयंसेवक खटाउने निर्णय गरेको थियो ।

इन्जिनियर, डकर्मीसहित २५ वटा टोली भूकम्प प्रभावित क्षेत्रमा टहरा बनाउन परिचालन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलगत्तै पौडेल नेतृत्वको पहिलो टोली भूकम्प प्रभावित क्षेत्रतिर गएको हो ।
 

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १६:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro