site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
ओपनएआईको सीईओमा फर्किए साम अल्टम्यान

काठमाडौं । केही दिनअघि ओपनएआईको प्रमुख कार्यकारी अधिकृत (सीईओ)बाट हटाइएका साम अल्टम्यान पुनः फर्किएका छन् ।

आर्टिफिसियल इन्टेलीजेन्स (एआई)का क्षेत्रमा काम गरिरहेको विश्वकै प्रभावशाली संस्था ओपनएआईको महत्वपूर्ण प्रडक्ट च्याटजीपीटी पनि हो ।

गत साताको शुक्रबार पदबाट हटाइएका अल्टम्यान त्यहीँ फर्किनेदेखि माइक्रोसफ्टमा सामेल हुनेसम्मका कुरा चलेको थियो । तर, बुधबार ओपनएआईले एक्समा एक पोस्ट लेख्दै अल्टम्यानसँग नयाँ सम्झौतामा पुगेको बताएको हो ।

जसअनुसार ओपनएआईले ब्रेट टेलरको अध्यक्षतामा नयाँ बोर्ड रहने बताएको छ । बोर्डमा ल्यारी समर्स र एडम डी एन्जेलोलगायत रहने र सीईओमा अल्टम्यान फर्किने सैद्धान्तिक सम्झौता गरेको ओपनएआईले बताएको हो ।

अल्टम्यानले पनि एक ट्विट गर्दै पछिल्ला केही दिनको विवादका बीच आइतबार माइक्रोसफ्टमा जाने निर्णय गरेको स्वीकारेका छन् । 

उनले अहिले फेरि नयाँ बोर्डसँगै माइक्रोसफ्टका सीईओ सत्य नडेलाको समर्थनमा ओपनएआईमै फर्किने निर्णय गरेको बताएका छन् । 

ओपनएआईले हटाएका साम अल्टम्यान माइक्रोसफ्टमा

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १२:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro