site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
भूकम्प प्रभावित क्षेत्रमा एमालेका स्वयंसेवक परिचालन

काठमाडौं । जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका निम्ति अस्थायी टहरा निर्माण र पुनःस्थापनाको काम गर्न नेकपा (एमाले)ले स्वयंसेवक परिचालन गरेको छ ।

भूकम्प प्रभावित क्षेत्रमा जाने एमाले स्वयंसेवक टोलीलाई अध्यक्ष केपी शर्मा ओलीले राहत सामग्रीसहित शनिबार पार्टी मुख्यालय च्यासलबाट बिदाइ गरे । टोलीले स्थलगत अध्ययन गरी पीडित, प्रशासनसँग समन्वयपश्चात् काम सुरु गर्ने एमालेले जनाएको छ ।

एमालेको केन्द्रीय विपत् व्यवस्थापन तथा स्वयंसेवा विभागका प्रमुख किरण पौडेलले भूकम्प प्रभावित क्षेत्रमा ११ सय स्वयंसेवकले दुई हप्ता काम गर्ने जानकारी दिए । पार्टीका विभिन्न जनसंगठन र मातहतका कमिटीका स्वयंसेवक ४० समूहमा बाँडिएर श्रमदानमा खटिने उनले बताए ।

भग्नावशेष पन्छाउने, मरेगलेका चौपाया हटाउने र पुनर्निर्माणको काम नहुन्जेलसम्म अस्थायी टहरा निर्माण गरिने उनले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, मंसिर २, २०८०  २०:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro