site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
टिकटक बन्द गर्ने निर्णय फिर्ता लिएर लोकतान्त्रिक सरकार बन : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले टिकटक प्रयोगमा रोक लगाउने सरकारको निर्णयको आलोचना गरेका छन् । उनले तत्काल निर्णय फिर्ता लिनसमेत आग्रह गरेका छन् । 

"व्यक्तिगत स्वतन्त्रता कुण्ठित गर्ने गरी टिकटक बन्द गर्ने निर्णय सरकारबाट हुनु खेदजनक छ । यो निर्णय तत्काल फिर्ता लिई लोकतान्त्रिक बन्न सरकारलाई आग्रह गर्दछु," कोइरालाले ट्विटरमा भनेका छन् ।

उनले विगतमा पनि सरकारले निरंकुश बन्ने प्रयास गर्दा जनताको प्रतिकार र अदालतका आदेशहरू आएको बताएका छन् । 

सरकारले आजमात्र टिकटक प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  १९:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro