site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
चलचित्र ‘बलिदान’को टिजर रिलिज

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बलिदान’को टिजर रिलिज भएको छ । छायांकनमा जानु अगाडि नै चलचित्रको टिजर रिलिज गरिएको हो । 

चलचित्र ‘बलिदान’ ‘प्रेम गीत’का निर्माता तथा ‘प्रेम गीत–३’का निर्देशक सन्तोष सेनले निर्देशन गर्दै छन् । 

सार्वजनिक टिजरले ‘बलिदान’ कुनै समयको विसंगतिविरुद्ध रहेको एक्सनप्रधान चलचित्र बन्ने संकेत गरेकाे छ । टिजरमा विस्फोट, नरसंहार, तोडफोड तथा त्रसित वातावरणले देशमा हुने रक्तपातपूर्ण क्रान्ति देखिएको छ । 

देशको आन्तरिक मामिलामा चर्किएको आन्दोलनमा बाह्य तत्वको प्रवेशपछि खलबलिएको समाजलाई चलचित्रले समेट्ने बताइएको छ । देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथाको वरपर चलचित्र रहने निर्देशक सेनले बताएका छन् । 

टिजर रिलिज गरिए पनि चलचित्रका कलाकारबारे जानकारी दिइएको छैन । दोस्रो चरणमा कलाकार र प्राविधिकबारे जानकारी लिने निर्देशक सेनले बताएका छन् । 

आसुसेन प्रा.ली. तथा सन्तोष सेनको प्रस्तुति रहने चलचित्रमा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा कार्यकारी निर्माता चक्र बहादुर चन्द, प्रेम पुरीलगायत रहेका छन् । प्राध्यापक, लेखक एवम् साधक दर्शन जीले चलचित्रका लागि कथा लेखेका छन् । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  ०७:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro