site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गृहमन्त्री श्रेष्ठसित सीपीसी तिब्बतका सचिवको भेटवार्ता

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) तिब्बतका सचिव वाङ छुङछेङले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेट गरेका छन् । शनिबार सिंहदरबारस्थित मन्त्रालयमा पुगेर उनले गृहमन्त्री श्रेष्ठसँग भेटवार्ता गरेका हुन् ।

यही कात्तिक २२ गते नेपाल भ्रमणमा आएका सचिव छुङछेङले यसअघि राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गरी आपसी हितका विविध विषयमा छलफल गरिसकेका छन् ।

उनले शिष्टाचार भेटवार्ताका क्रममा आफ्नो नेपाल भ्रमणको मुख्य उद्देश्य दुई मुलुकबीच भएका महत्त्वपूर्ण सहमति कार्यान्वयनमा जोड दिनु रहेको बताउँदै आएका छन् ।

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  २०:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro