site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संघीयतासम्बन्धी कानुन छिटो निर्माण गर्नुपर्छ : नेता सिंह
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संघीयतासम्बन्धी सबै कानुन छिटो निर्माण गर्नुपर्ने बताएका छन् । ०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको १०९औँ जन्मजयन्तीका अवसरमा शुक्रबार शोभाभगवतीस्थित उनको सालिकमा माल्यार्पण गरेपछि नेता सिंहले यस्तो बताएका हुन् ।

संविधानको भावना र मर्मअनुरूप कानुन निर्माण गरिए मात्र नेपाली जनताको चाहनाअनुसार संघीय, प्रदेश र स्थानीय तहका सरकारले काम गर्न सक्ने वातावरण बन्ने उनले उल्लेख गरे ।

गणेशमान सिंहले दिएको आर्थिक क्रान्तिको खाकाअनुसार अघि बढ्न सके नेपाली जनताको चाहनाअनुसार मुलुकलाई अघि बढाउन सकिने उनको भनाइ छ ।

प्रजातान्त्रिक आन्दोलनमार्फत नेपाली जनतालाई अधिकार दिलाउने काममा गणेशमान सिंहले खेलेको भूमिकाको समेत उनले चर्चा गरे ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  ११:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro