site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
भरतपुर महानगरपालिका र चीनको सिगात्से सहरबीच भगिनीसम्बन्ध कायम

काठमाडौं । भरतपुर महानगरपालिका र चीनको सिगात्से सहरकबीच भागिनीसम्बन्ध कायम भएको छ ।

बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र चीनको स्वशासित क्षेत्र सिगात्सेका मेयर लिउ स्वाचुङबीच दुई सहरका बीचमा भगिनीसम्बन्ध कायम गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा दुई सहरका बीचमा पारस्परिक सम्मान, आपसी राजनीतिक विश्वास, समानता र पारस्परिक लाभको सिद्धान्तलाई कायम राख्दै दुवै पक्षले मैत्रीपूर्ण रूपमा सहयोग आदानप्रदान गर्ने उल्लेख छ ।

यस्तै, साझा समृद्धि र विकासलाई प्रवद्र्धन गर्न दुवै पक्षले अर्थतन्त्र, संस्कृति, कृषि, पशुपालन, पर्यटनलगायत क्षेत्रमा विभिन्न सहयोग आदानप्रदान गरिने समझदारी भएको छ ।

समझदारीपत्र हस्ताक्षर कार्यक्रममा भरतपुरकी मेयर दाहालले सिगात्सेसित भगिनीसम्बन्ध राख्न पाएको भन्दै खुसी व्यक्त गरिन् । उनले यो समझदारीले आउँदा दिनमा दुई देश र सहरबीचमा बलियो र प्रगाढ सम्बन्ध बन्ने विश्वास व्यक्त गरिन् ।

सो भगिनीसम्बन्ध पाँच वर्षका निम्ति मान्य हुने र समझदारीपत्रको वैधता अवधि समाप्त भएपछि कुनै पक्षले असहमति नजनाएसम्म स्वतः मान्य हुने जनाइएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १५:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro