site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
डेलिभरीको अभावले निराशा बढेको सत्य हो, गणतन्त्र खतरामा छैन : प्रदीप ज्ञवाली 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले संघीय लोकतान्त्रिक व्यवस्था र गणतन्त्र खतरामा परेको भन्ने कुरा सत्य नभएको बताएका छन् । 

बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा भएको सचिवालय बैठकपश्चात बाह्रखरीसँग संक्षिप्त कुरा गर्दै उनले जनतामा निराशा बढेको भने सत्य भएको बताए । 

सरकारले सुशासन र डेलिभरी दिन नसक्दा जनतामा निराशा बढेको उनको भनाइ छ । उनले पात्रहरूको गलत प्रवृत्तिका कारणले जनताहरूमा निराशा बढेको भन्दै सीमित दल र व्यक्तिहरूले चाहँदैमा गणतन्त्र उल्टने भन्ने नहुने उल्लेख गरे । 

“हामीले अहिलेको व्यस्थामा जनताको विश्वास बढाउने हो सरकारले डेलिभरी दिन सक्नुपर्छ । डेलिभरीको अभावले निराशा बढेको सत्य हो । तर, अहिले देखिएका पात्रहरूबाट गणतन्त्र खतरामा भएको भन्ने मलाई लाग्दैन,” उनले भने । 

उपमहासचिव ज्ञवालीले गणतन्त्रलाई सार्थक बनाउने हो भने सकारमात्र होइन सबै राजनीतिक दल सबैको भूमिका बराबर हुने तर डेलिभरी दिने काम भने सरकारको भएको बताए ।

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १६:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro