site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसी प्रदेशसभा : १० महिनापछि विषयगत समिति गठन

काठमाडौं । कोसी प्रदेशसभामा १० महिनापछि विभिन्न विषयगत समिति गठन भएका छन् । 

बुधबार बसेको प्रदेशसभा बैठकमा उपसभामुख सिर्जना दनुवारले महिनापछि प्रदेशसभाको विभिन्न विषयगत समितिमा मनोयन गरिएका सदस्यहरूको नाम पढेर सुनाइन् । 

जसअनुसार न्याय प्रशासन तथा विधायन समितिमा १२, सुशासन तथा योजना समितिमा १५, अर्थ समितिमा १३ जनालाई मनोनयन गरिएको छ ।

त्यस्तै, सार्वजनिक लेखा समितिमा ११, सामाजिक विकास समितिमा १२, उद्योग, पर्यटन तथा वातावरण समितिमा १३ र प्राकृतिक स्रोत तथा पूर्वाधार समितिमा १२ जनालाई मनोनयन गरिएको छ । 

प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधनसमेत)को नियम १३३ बमोजिम समितिमा सदस्यहरूलाई मनोनयन गरिएको उपसभामुख दनुवारले जानकारी दिइन् । 

बैठकमा ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफल समेत भएको छ । प्रदेशसभाको अर्को बैठक बिहीबार बिहान बोलाइएको छ । 

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १५:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro