site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस महासमिति बैठक फेरि सारियो, पुस १६ मा बस्ने 

काठमाडौं । नेपाली कांग्रेस महासमिति बैठकको मिति फेरि सारिएको छ ।

पार्टी कार्यालय सानेपामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले महासमिति बैठक पुस १६ गतेका लागि सारिएको बताए । कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसका दिन महासमिति बैठक राख्ने भएको हो । 

पहिले मंसिर १३ देखि १६ मा गर्ने निर्णय भएको थियो । सारेर मंसिर २९ देखि पुस २ सम्म पुर्‍याइएको थियो । 

अहिले जाजरकोट लगायतका जिल्लामा गएको भूकम्पका कारण बैठक सारिएको उनले जानकारी दिए । 

त्यस्तै, ५२ जिल्लाबाट महासमिति सदस्यको चुनाव सकिएको छ । बाँकी जिल्लामा मंसिर १० सम्ममा सदस्यको चुनाव सक्ने गरी म्याद थप गरिएको छ ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १५:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro