site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमालेले बोलायो सचिवालय बैठक 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)ले सचिवालय बैठक आह्वान गरेको छ । बैठक बुधबार दिउँसो १२ः४५ मा पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । 

उनका अनुसार पार्टीले चलाउन लागेको मध्यपहाडी लोकमार्ग अभियानबारे छलफलको मुख्य एजेन्डा छ । 

“मध्यपहाडी लोकमार्ग अभियानको कार्यक्रम तय गर्नु बैठकको मुख्य एजेन्डा छ,” उनले बाह्रखरीसँग भने, “भूकम्प लगायतका विषयमा पनि छलफल हुन्छ ।” 

एमालेले आगामी मंसिरमा मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्दै छ । अभियानको तयारी स्वरुप हालै दुई टोलीले मध्यपहाडी लोकमार्गको अवलोकन गरेको थियो । 

पार्टीका उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल नेतृत्वका दुई टोलीले पूर्वमा पाँचथरको चिवाभञ्ज्याङदेखि सुदूरपश्चिमको झुलाघाट (बैतडी)सम्मको सिंगो मध्यपहाडी लोकमार्गको अवलोकन गरेको हो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १२:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro