site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मेरो लक्ष्य कांग्रेसलाई राष्ट्रिय राजनीतिको मियो बनाउनु हो : कोइराला

काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अन्तर्राष्ट्रियस्तरमै आफ्नो पार्टीको छवि गिर्दै जानु राम्रो संकेत नभएको बताएका छन् । केवल गुटबन्दी र आत्मरतिमा रमाउँदाको यो परिणाम भएको उनले उल्लेख गरे ।

शनिबार धादिङबेँसीमा आयोजित कार्यक्रममा कोइरालाले राष्ट्रिय राजनीतिको मियो बन्नुपर्नेमा कांग्रेस आन्तरिक झगडामा रुमल्लिनु विडम्बना भएको बताए ।

“राष्ट्रिय राजनीतिको मियो बन्न सरकारको नेतृत्व नै गर्नपर्छ भन्ने छैन,” उनले भने, “बीपी कोइराला जेलमा हुनुहुन्थ्यो, पार्टी प्रतिबन्धित थियो, तर त्यति बेला पनि नेपाली कांग्रेस राजनीतिको मियो थियो । मेरो लक्ष्य कांग्रेसलाई फेरि त्यस्तै पार्टी बनाउने हो ।”

बीपीदेखि सुशील कोइरालाको नेतृत्व रहँदासम्म कांग्रेसको वरिपरि नेपालको राजनीति घुमेको भन्दै उनले नेताहरूकै कमजोरीका कारण पार्टीको छवि गिर्दै गएको टिप्पणी गरे ।

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १८:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro