site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसदीय व्यवस्था भने पनि सांसदका कुरा लागु हुँदैनन् : अध्यक्ष राउत
फाइल तस्बिर ।

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले शीर्ष तीन नेताहरूले मात्रै देश चलाउने कुरा तोड्नका लागि जनमत पार्टीको स्थापना भएको बताएका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले नाम मात्रैको लोकतन्त्र रहेको बताए । 

उनले संसदीय व्यवस्था भने पनि सांसदहरूले भनेका कुरा लागु नहुने गरेको बताए । देश ३५ वर्ष यता तीनजना नेताहरूमै घुमिरहेकाले त्यसलाई चिर्न आफूहरू आएको बताए । 

जनताका गास, बास र कपास, शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षाका अपेक्षालाई पूरा गर्नुपर्ने जिम्मेवारी आफूहरूमा रहेको उनले भनाइ छ । 

अध्यक्ष राउतले जनताको भरोसालाई इमान्दारितकासाथ पूरा गर्ने जिम्मेवारी आफ्नो पार्टीलाई आएको बताए ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  ११:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro