site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
निश्चल भन्छन्– ‘दिमाग खराब’ व्यक्तिसँग राजनीति कसरी ठोक्किन्छ भन्ने सिनेमा हो 

काठमाडौं । निर्देशक निश्चल बस्नेतले चलचित्र ‘दिमाग खराब’ राजनीतिक विषयबस्तुमा आधारित सिनेमा नभएको बताएका छन् । राजनीति कसरी व्यक्तिसँग जाडिन्छ भन्ने कुरा मात्रै सिनेमाले समेटेको उनको भनाइ छ । 

“हाम्रो चलचित्र दिमाग खराब राजनीतिक सिनेमा होइन । राजनीतिले कसरी हरेक व्यक्तिलाई असर गर्छ त्यो मात्रै दिमाग खराबले देखाउँछ,” बिहीबार काठमाडौंमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, “यो व्यक्तिको कथा हो । व्यक्तिसँग जोडिएर राजनीति कसरी आउँछ भन्ने यो चलचित्रले देखाउँछ ।” 

हरेक व्यक्ति राजनीतिसँग चाहेर वा नचाहेरै पनि ठोक्किने गरेको उनको भनाइ छ । “यो एउटा साधारण व्यक्तिको कथा हो । हरेक व्यक्तिले गर्ने संघर्षको कथा हो,” निश्चलले भने । 

चलचित्रले दर्शकको दिमाग खराब गराउने उनको विश्वास छ । “स्क्रिनमा देखाउने कुराले दर्शकको दिमाग खराब गराउँछ,” उनी भन्छन्, “जिन्दगीमा धेरै कुराले दिमाग खराब गराउँछ । कहिले आफ्नै कुराले र कहिले अरूका कुराले दिमाग खराब गराउँछ । त्यही नै यो चलचित्रले देखाउँछ ।” 

अभिनेता खगेन्द्र लामिछानेले आफूलाई निश्चलप्रति पूर्ण विश्वास रहेको बताए । त्यसैले सिनेमा राम्रो बनेकोमा आफू विश्वस्थ रहेको उनको भनाइ छ । 

“म सँग दिमाग खराबको सुटिङमा जानु अगाडि धेरै समय थिएन । त्यसैले निर्देशकलाई मैले तपाईंले जे काम जसरी लगाउनु हुन्छ, त्यसैगरी गर्छु भनेको थिएँ,” खगेन्द्रले भने, “यो सिनेमामा मैले पहिलो पटक डिरेक्टर्स एक्टर भएर काम गरेको छु ।” 

अभिनेत्री स्वस्तिमा खड्काले निश्चलका यसअघिका चलचित्र महिला पात्रका सन्दर्भमा ‘वेल रिटन’ नहुने गरे पनि यसपटक भने त्यो समस्या नरहेको बताइन् । “मैले दर्शक भएर हेर्दा उहाँका सिनेमामा महिला पात्र वेल रिटन भएको पाउँदिन थिएँ । यो कुरा मैले पहिले पनि भन्थेँ । तर, यो चलचित्रमा त्यो समस्या छैन भन्ने लाग्छ ।” 

निर्देशक निश्चलले स्क्रिप्ट डक्टर राख्दा धेरै विषयलाई सच्याउने अवसर पाइएको बताए । सिनेमा भित्रका कतिपय विषयमा स्क्रिप्ट डक्टरसँग गम्भीर छलफल गरेर समावेश गरेको स्मरण गर्दै यसले सिनेमालाई सहयोग गर्ने उनको भनाइ छ । 

अभिनेता खगेन्द्रले भने केही व्यक्तिले सिनेमामा स्क्रिप्ट डक्टर राख्ने सुरुआतलाई लिएर आलोचना गरेको भन्दै राम्रो कामको सुरुआत भएको भन्दै त्यसलाई सहयोग गर्नु पर्नेमा जोड दिए । ‘दिमाग खराब’मा मनोज पण्डित स्क्रिप्ट डक्टरको रुपमा रहेका छन् । 

निश्चल बस्नेतको निर्देशन रहेको चलचित्र ‘दिमाग खराब’ कात्तिक २४ गते रिलिज हुँदै छ । स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, दयाहाङ राई यो चलचित्रका मुख्य कलाकार हुन् । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  २१:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro