site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसीमा एमालेको गुन भुल्दिनँ : मुख्यमन्त्री कार्की
फाइल तस्बिर।

काठमाडौं । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्की चाडै नै कोसी प्रदेशमा सहमतिको सरकार विस्तार गर्ने बताएका छन् । मुख्यमन्त्री कार्कीले आफूलाई सरकार बनाउन सहयोग गरेकाहरुको एजेण्डाअनुसार नै प्रदेश सरकार विस्तार गरिने समेत बताए ।

आफू सहमतिको सरकार बनाउन लागिपरेको कारण प्रदेश सरकार विस्तारमा ढिलाइ भइरहेको जानकारी दिए । मुख्यमन्त्री कार्कीले आफूलाई मुख्यमन्त्री बनाउन जसले समर्थन गरेको हो, उसको गुण नबिर्सिने जिकिर गरे । उनले पहिलेको सरकारले पटकपटक सहमतीय सरकारको प्रयास गरेको र त्यसलाई आफूले सफल बनाउने धारणा राखे ।

यता मुख्यमन्त्री कार्कीलाई समर्थन गरेर सरकारमा गएको नेकपा (एमाले)ले भने सरकार गठनमा मुख्यमन्त्रीले ढिलाइ गरेको आरोप लगाएको छ ।

एमालेका नेता एवं कोसी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लव अधिकारीले एमालेलाई बाहिर राखेर निर्णय गर्ने कुरा मान्य नहुने बताए । उनले समर्थन गरेको दलको सल्लाहअनुसार सरकार गठन गर्नुपर्ने बताए ।

मुख्यमन्त्री कार्की नेपाली कांग्रेसका सातजना विद्रोही प्रदेश सांसद र एमालेका ३९ जना सांसदहरुको समर्थनमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार कोसी प्रदेशको मुख्यमन्त्री बनेका थिए । कार्की मुख्यमन्त्री भएको १९ दिनसम्म मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १८:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro