site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
तरमाराहरूको खुसीका लागि शान्ति प्रक्रिया टुंग्याएको बाहना गर्न सकिँदैन : ओली 

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रियाका बाँकी काम पीडित केन्द्रित भएर टुंग्याउनुपर्ने बताएका छन् । बिहीबार संसदीय दलको बैठकमा उनले तरमाराहरूको खुसीका लागि शान्ति प्रकिया टुंग्याएको मान्न नसकिने बताए ।

“शान्ति प्रक्रियाका सन्दर्भमा पीडितलाई न्याय दिने गरी पीडित केन्द्रित हुनुपर्छ । कानुन पनि पीडित केन्द्रित हुनुपर्छ । पीडितलाई पेलपाल गर्ने, त्यत्रो पीडा भोगेर आए अब पनि उनीहरूलाई नै थिचोमिचो गर्ने ?,” ओलीले भने, “तरमाराहरूको, जो छुट्टी मनाएर उत्सव मनाइरहेका छन् । तिनीहरूको खुसीयालीका लागि लागि शान्ति प्रक्रिया टुंग्याएको बाहनाबाजी गर्न सकिँदैन ।”

ओलीले अन्तर्राष्ट्रिय मानव अधिकार परिषद्ले दिएको सुझाव, सर्वोच्चको आदेशअनुसार शान्ति प्रक्रिया टुंग्याउनुपर्ने बताए । साथै  संयुक्त राष्ट्रसंघका महासचिवले संसद्‌मा पीडित केन्द्रित हुनुपर्ने, अन्तर्राष्ट्रिय सुझावलाई ध्यान दिनपर्ने भन्ने सुझावप्रति प्रतिबद्ध रहेको पनि बताए ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १७:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro