site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
शान्ति प्रक्रिया टुंग्याउन विश्व समुदायको समर्थन आवश्यक छ : अध्यक्ष नेपाल
फाइल तस्बिर।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले शान्ति प्रक्रिया टुंग्याउन विश्व समुदायको समर्थन आवश्यक पर्ने बताएका छन् ।

मंगलबार संसद् बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष नेपालले देशको शान्ति प्रक्रिया टुंग्याउन विश्व समुदायको समर्थन आवश्यक पर्ने बताए । उनले विश्व समुदायको सहयोग आवश्यक पर्ने पनि बताए ।

शान्ति प्रक्रियाका विषय आफूहरुकै पहल, योजना र तत्परतामा हल हुने उनले स्पष्ट पारे । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलेले संसद्मा सम्बोधन गर्दै विश्व शान्तिमा नेपालको भूमिकाको उच्च प्रशंसा गरेको भन्दै खुसी व्यक्त गरे ।

अध्यक्ष नेपालले महासचिव गुटरेसले नेपालप्रति निकटता र आत्मियता देखाएको पनि बताए ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १८:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro