site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेपालको संसद्‌मा राष्ट्रसंघका महासचिवले पहिलोपल्ट रोस्ट्रममा उभिएर गरे सम्बोधन

काठमाडौं । नेपालको संसदीय इतिहासमा संयुक्त राष्ट्रसंघका महासचिवले पहिलोपटक रोस्ट्रममा उभिएर सम्बोधन गरेका छन् ।

नेपालको चारदिने औपचारिक भ्रणमा रहेका राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गरेका हुन् ।

यसअघि, सन् २००८ को अक्टोबरमा राष्ट्रसंघका तत्कालीन महासचिव बान कि मुन काठमाडौं आएका थिए । पहिलो संविधानसभाकालमा नेपाल आएका मुनले संविधानसभा रोस्ट्रममा उभिएर सम्बोधन गर्न पाएनन् । उनको हकमा छुट्टै कार्यक्रम गरी बोल्ने व्यवस्था मिलाइएको थियो ।

संसद्का पूर्वमहासचिव मनोहर भट्टराईका अनुसार मुनका निम्ति संविधानसभा बैठक हलनजिकै परिसरमा कार्यक्रम राखिएको थियो । मुख्य सभास्थलको रोष्ट्रममा उभिएर सम्बोधन गर्ने व्यवस्था गरिएको थिएन । त्यसअघि पनि पटक–पटक राष्ट्रसंघीय महासचिवले नेपाल भ्रमण गरेका थिए ।

“राष्ट्रप्रमुख र सरकारप्रमुखले सम्बोधन गर्न पाउने ‘प्रोटोकल’ थियो,” पूर्वमहासचिव भट्टराईले भने ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १६:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro