site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
महासचिव गुटेरेस र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा रहेको राष्ट्रियसभा अध्यक्षको कार्यकक्षमा उनीहरूबीच भेटवार्ता भएको हो ।

अध्यक्ष तिमिल्सिनासँगको भेटलगत्तै महासचिव गुटेरेसले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि भेट गरेका छन् । उनीहरूबीच गृह मन्त्रालयमा भेटवार्ता भएको हो ।

महासचिव गुटेरेसले आजै संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्नेछन् । चारदिने नेपाल भ्रमणमा रहेका गुटेरेसले यसअघि उच्चस्तरीय भेटवार्ता र सगरमाथा क्षेत्र, अन्नपूर्ण आधारशिविर, पोखरा र लुम्बिनीको अवलोकन भ्रमण गरिसकेका छन् । रासस

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १६:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro