site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सञ्जिलाकुमारी यादवलाई मधेस प्रदेशसभाको सांसद बनाउने जसपाको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सञ्जिलाकुमारी यादवलाई मधेस प्रदेशसभाका समानुपातिक सांसद बनाउने निर्णय गरेको छ ।

पार्टी कार्यालय बालकुमारीमा सोमबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यादवलाई मधेस प्रदेशसभाका समानुपातिक सांसद चयन गर्ने निर्णय गरेको हो ।

विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उनको स्थानमा जसपाले यादवलाई सिफारिस गर्ने निर्णय गरेको कार्यकारिणी सदस्य प्रकाश अधिकारीले जानकारी दिए ।

बैठकमा संसद्‌मा रहेका विभिन्न विधेयकहरूबारे पनि छलफल भएको उनको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १८:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro