site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
समयमा आयोजना सम्पन्न नगर्नेलाई कारबाही हुनुपर्छ : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले वर्षौँसम्म एउटा योजना नबन्नुको कारण मन्त्रालयले दिनुपर्ने बताएका छन् ।

संसद्को पूर्वाधार विकास समितिको सोमबारको बैठकमा बोल्दै उनले आयोजनाको समय थप गरेर पुरस्कृत गर्ने प्रचलन हट्नुपर्ने बताए ।

“वर्षौँसम्म आयोजना नबनाउनेलाई किन समय थप गरेर पुरस्कृत गरिन्छ ? नबनेको सडकबाट कति धुलो खाने हो ? चक्रपथ विस्तार किन सुस्त ?,” उनले भने, “तोकेको समयमा किन काम हुँदैन ? सुधार गर्न लाग्नुपर्यो ।”

सडक पूर्वाधार बन्न वर्षौँसम्म समय लाग्दा यहाँ स्वार्थ जोडिएको भन्ने जनतामा पर्न गएको उनले बताए ।

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १२:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro