site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘बलिदान’को थिम लुक सार्वजनिक, अर्को वर्षको फूलपातीमा रिलिज

काठमाडौं । आसुसेन फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘बलिदान’को शीर्षकसहितको ‘थिम लुक’ सार्वजनिक गरिएको छ । सन्तोष सेनको निर्माण रहने चलचित्र आज बडादसैँको फूलपातीको अवसर पारेर घोषणा गरिएको हो । 

‘बलिदान’को रिलिज मिति पनि तय गरिएको छ । ०८१ सालको फूलपातीमा चलचित्र रिलिज हुने बताइएको छ । सन्तोष आफैँले निर्देशन गर्ने चलचित्रमा पवन ब्राडफोर्ड विस्ट निर्माता तथा कार्यकारी निर्माता चक्र बहादुर चन्द, प्रेम पुरीलगायत रहेका छन् । 

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, लेखक एवम्  साधक दर्शन जीको लेखन रहने यस चलचित्रको ‘स्क्रिप्ट डक्टर’को रूपमा मनोज पण्डित रहेका छन् । 

‘थिम लुक’मा सार्वजनिक सामग्रीअनुसार ‘बलिदान’को कथामा राज्यका अधिकार प्रयोग गर्न सक्ने वर्ग र राज्यबाट किनारा पारिएका वर्गबीच हुने अधिकार तथा राजनीतिक, सामाजिक द्वन्द्व, विभिन्न आन्दोलन र परिणामलाई चित्रण गरिएको छ । 

चलचित्रका निर्माता तथा निर्देशक सेनले यो चलचित्रलाई सार्वभौम महाकथा भनेका छन् । चलचित्रको छायांकन तिहारपछि हुनेछ । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  ०९:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro